दफा ५९३
उप–प्रतिनिधि नियुक्त गर्न सक्नेः

(१) कुनै व्यापार, व्यवसाय वा कारोबारको प्रकृति अनुसार उपप्रतिनिधि नियुक्त गर्नु पर्ने वा एजेन्सी सम्बन्धी करारको व्यवस्था वा प्रचलन अनुसार उपप्रतिनिधि नियुक्त गर्न सकिने भए करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक प्रतिनिधिले मुख्य व्यक्तिको स्वीकृति लिई उपप्रतिनिधि नियुक्त गर्न सक्नेछ।तर प्रतिनिधिले नै व्यक्तिगत रूपमा प्रतिनिधित्व गर्ने वा कार्य सम्पादन गर्ने गरी नियुक्त भएको प्रतिनिधिले उप–प्रतिनिधि नियुक्त गर्न सक्ने छैन ।
(२) उपदफा (१) बमोजिम उपप्रतिनिधि नियुक्त भएकोमा सो कुरा मुख्य व्यक्तिलाई जानकारी गराउनु पर्नेछ र यसरी नियुक्त उपप्रतिनिधिको हक तथा दायित्व मुख्य व्यक्तिले नियुक्त गरेको प्रतिनिधिलाई भए सरह हुनेछ ।
(३) मुख्य व्यक्तिको स्वीकृति बिना प्रतिनिधिले कुनै उपप्रतिनिधि नियुक्त गरेमा त्यस्तो उपप्रतिनिधिबाट भए गरेको काम कारबाहीका लागि मुख्य व्यक्ति जिम्मेवार हुने छैन ।
(४) उपदफा (३) बमोजिमको काम कारबाहीको लागि उपप्रतिनिधि नियुक्ति गर्ने प्रतिनिधि नै व्यक्तिगत रूपमा जवाफदेही हुनेछ ।